Sajhamanch Archive

भद्रपुरमा मेयर कप नकाउट फुटवल हुने

Published: in खेलकुद, स्थानीय तह by .

भद्रपुर । संघीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिका भित्रका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता गर्ने भएको छ ।

“खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नारा लिएर नगर खेलकुद विकास समिति भद्रपुरले २०७७ फागुन २७ गते देखि चैत ७ सम्म मेची रङगशाला भद्रपुरमा प्रथम मेयर कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता गराउने भएको हो ।

पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार र दोस्रोलाई २० हजार नगद पुरस्कार प्रदान गरिने छ । नगरपालिकाका १० वटै वडा सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक श्याम राउतले जानकारी दिए ।

खेल उपसमितिका सहसंयोजक यमकुमार लिम्बुको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *