Sajhamanch Archive

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

Published: in खेलकुद by .

एजेन्सी  । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो । बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३० औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेको गोलबाट सुरुवाति अग्रता लियो । ३७ औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे पनि हारबाट जोगाउन सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *