Sajhamanch Archive

आज रिंगिट स्थिर रियाल र दिर्हामको मूल्य थोरै घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ३७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ५७ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
उज्याले

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *