Sajhamanch Archive

मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै सुरु हुन्छ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै सुरु हुने बताएका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित चेतनामूलक प्रभातफेरीमा सहभागी प्रधानमन्त्री ओलीले त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको बताए ।

“मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यानकेन्द्रित गर्नुपर्छ,” उनले भने । ‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदै छ ।

“हाम्रो खानपिन वा हाम्रो दैनिकमा मिर्गौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो रु र त्यसबाट कसरी जोगिनेजस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ,” प्रधानमन्त्रीको भनाइ थियो । मिर्गौलासम्बन्धी रोग जसलाई पनि हुनसक्ने भएकोले सबैजना सजग हुनुपर्ने उनले बताए ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको उनले स्मरण गरे । “केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने । तर, म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नहुँदा गएको थिएँ,” उनले भने ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *