Sajhamanch Archive

कांग्रेस र जसपासँग छलफल गर्दै माओवादी

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ ।

आज दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रले सत्तासाझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई दिएको थियो । बुधबारै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *