Sajhamanch Archive

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ ।

बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ ।

प्रधानमन्त्री ओलीले अहिले त्यसै विषयमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *