Sajhamanch Archive

लेखापढीको वार्षिक साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

Published: (Updated: ) in समाज by .

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १४ औं वार्षिक साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

इकाइ समितिका अध्यक्ष लोकनाथ भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इकाइका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल रहेका थिए ।

उक्त अवसरमा उत्कृष्ट लिखत सम्मानबाट लेखापढी व्यवसायी मुरारी न्यौपाने, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष अर्जुनप्रसाद घिमिरेलाई दीर्घ सेवा सम्मान बाट सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट एसईई २०७६ मा उत्कृष्ट हुन सफल मुकुन्द घिमिरे, रोशन भुजेल र अपेक्षा सिग्देललाई नगदसहित सम्मान गरिएको थियो ।

सो कार्यक्रममा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख योगेन्द्रप्रसाद दुलाल, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सचिव युवराज कार्की पर्वत, केन्द्रीय सदस्य रमेश पोखरेल, प्रदेश १ का संयोजक पुरुषोत्तम अधिकारी, अग्रज लेखापढी व्यवसायी खगेन्द्र चौलागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इकाईका निवर्तमान अध्यक्ष महेश न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लावण्यकुमार पोखरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *