Sajhamanch Archive

पूर्वी नेपालकै ठूलो शिव प्रतिमा अनावरण

Published: (Updated: ) in प्रदेश तह, समाज by .

बिर्तामोड । पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा झापाको बिर्तामोडमा अनावरण गरिएको छ ।

बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको महाशिवरात्री पर्वको अवसर पारेर जगतगुरु शंकराचार्य हेमानन्द गिरीको बाहुलीबाट आज अनावरण गरिएको हो ।

जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।

समुदाय स्तरबाट आर्थिक संकलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

सो अवसरमा प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलगायतले पञ्चकन्या टोलवासीहरुले गरेको कामको प्रशंसा गरेका थिए ।

निर्माण समितिका उपाध्यक्ष निर्जला प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव युवराज दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *