नेपाली सेनाका जर्नेल कार्की बर्खास्त
Published:
by .काठमाडौं । यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।
सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो ।
सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए ।
अनलाइनखबरबाट
Comments