Sajhamanch Archive

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो ।

बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ एमालेका नेताहरुसँग उच्चस्तरीय छलफल गरी सत्ता समीकरणका लागि आफ्ना शर्तहरु राखेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *