Sajhamanch Archive

युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?

Published: in स्वास्थ्य by .

काठमाडौं । युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ ।
युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो ।

यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ।

एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी रडिएल हुनुपर्छ।

युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखार्इ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ । त्यसले जोर्नीमा असर गर्दैन।

जसलाई युरिक एसिड भएकै कारण जोर्नी ९खुट्टाको बुढी औँला र आसपास० मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो । यो वंशाणुगत समस्या पनि हुन्छ ।

युरिक एसिड कसरी हुन्छ

युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ । यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ ।

प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ ।

सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ । युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ।

बच्ने उपाय

नियमित व्यायम गर्ने
पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ
धूमपान र मध्यपानबाट टाढै बस्ने
प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने
शरीरको वजन घटाउने
नियमित औषधिको प्रयोग गर्ने
समय समयमा चिकित्सकको परामर्श लिने
लक्षण

खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु
जोर्नी राति बढी दुख्नु
दुखाइ सहनै नसक्ने हुनु
लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
ज्वरो आउनु, रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *