Sajhamanch Archive

बराबरीमा रोकियो युनाइटेड

Published: in खेलकुद by .

काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब युनाइटेडले इटालियन क्लब एसी मिलानसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

५०औँ मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा साइमन केजेरले मिलानका लागि बराबरी गोल फर्काए । दोस्रो लेगको खेल मार्च १९ मा मिलानको मैदानमा हुनेछ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *