Sajhamanch Archive

दोस्रो चरणको अभियानअन्तर्गत ८ लाख बढीले लगाए खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । दोस्रो चरणको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै वृद्धवृद्धाले खोप लगाएका छन् ।

गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९१७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *