Sajhamanch Archive

राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जाने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन् ।

चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो,’ मन्त्री ज्ञवालीले भने,’भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।’ भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ ।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन ।

                                                                                                                  सेतोपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *