Sajhamanch Archive

बाइडेनद्वारा १९ खर्ब रुपैयाँकाे राहत प्याकेजमा हस्ताक्षर

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् ।

बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे ।

कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९ लाखभन्दा जना कोरोना भाइरसबाट सङ्क्रमित छन् भने पाँच लाख ४३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *