Sajhamanch Archive

कांग्रेसले बोलायो पदाधिकारी बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत जनाकारी दिए ।

नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जनता समाजवादी पार्टी जसपासँगको संवाद अघि आन्तरिक छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका हो ।

पदाधिकारी बैठक सकिएलगत्तै उसले जनता समाजवादी पार्टीसँग छलफल गर्ने छ ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयमा छलफल मुख्य एजेण्डामा रहेर छलफल हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *