Sajhamanch Archive

४८ संक्रमित थपिए, निको हुनेको संख्या २ लाख ७१ हजार नाघ्यो

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । विगत चौबीस घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गरिएकामा ४८ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ११७ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ५१ जना छन् भने आइसोलेसनमा ९२९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या भने शून्य छ । यसअघि मंगलबारसम्म नेपालमा कोभिड १९ का कारण ३ हजार १२ जनाको मृत्यु भएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *