Sajhamanch Archive

प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

Published: (Updated: ) in विविधा by .

विराटनगर । प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिइन ।

उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरीय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्वितीय झापाकी अम्विका भट्टराई तृतीय मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए । लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने राष्ट्रिय स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *