Sajhamanch Archive

सवारी दुर्घटना परी शिवसताक्षीका युवकको मृत्यु

Published: in विविधा by .

कमल । झापाको कमल गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कमल गाउँपालिका वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा आज विहान ९ः ३० बजे भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको हो ।

मे ३ प ३७४७ को मोटर साईकलले बाटो क्रसगर्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपरले ठक्कर दिँदा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ निवासी २० वर्षीय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी उपरिक्षक नवराज कार्की जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *