Sajhamanch Archive

प्राणीलगायतका जीवहरुको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री कार्की

Published: (Updated: ) in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।

नेपालजुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले प्राणीशास्त्रीले अनुसंधान गरेका प्राणीलगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गरे । उनले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरि सोही अनुसार अघि बढ्ने बताए ।

उक्त कार्यक्रममा आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्र नारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देवलाई सम्मानित गरिएको थियो ।

प्रदेश स्तरिय गोष्ठिमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, प्रा.डा.रामबहादुर थापाले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *