Sajhamanch Archive

एमालेमा माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो । जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ।

यस्तै लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख ताेकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *