Sajhamanch Archive

क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, ढुंगानालाई केटो

Published: (Updated: ) in शिक्षा, समाज by .

झापा । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोति पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री तथा केटो पत्रकारिता पुरस्कारबाट गीताकुमारी ढुंगाना पुरस्कृत भएका छन् ।

७७ वर्षको उमेरमा पनि क्षेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छिन् । क्षेत्री र ढुंगाना क्रमशः ५१ हजार र १५ हजारसहित पुरस्कृत भएका हुन् ।

महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य रहेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेल र पुरस्कृत व्यक्तित्व गोविन्दचन्द्र क्षेत्रीलगायतले आ-आफना धारणा राखेका थिए ।

उपाध्यक्ष एकराज गिरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

उक्त कार्यक्रम अघि प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ झापाको सहकार्यमा नयाँ सदस्यहरुलाई पत्रकारिताको आचारसंहितासम्बन्धी प्रशिक्षण समेत दिइएको थियो ।

सो प्रशिक्षणको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *