Sajhamanch Archive

६० जनामा कोरोना सङ्क्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशैभरि थप ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

२३६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । यस्तै गएको २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ ।

गएको २४ घण्टामा दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १४ पुगेको स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *