Sajhamanch Archive

माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलायो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा ‘बादल’सहितका नेताहरु नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *