Sajhamanch Archive

सहिद स्मारक सी डिभिजन लिग आजदेखि शुरु

Published: in खेलकुद by .

काठमाण्डौ । सहिद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् ।

दिउँसो साढे १२ बजे हुने आजको खेलमा एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् ।

यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।

प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *