Sajhamanch Archive

माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापासहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव

Published: in राजनीति by .

काठमाडौं । पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । ‘सायद, उहाँहरुलाई पार्टीबाट निस्कासनको निर्णय हुन्छ’, एक केन्द्रीय सदस्यले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *