Sajhamanch Archive

शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा खालीबारी विजयी

Published: in खेलकुद by .

काठमाडौं। शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी निकालेको छ ।

खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २–१ ले हराएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन।

झापाले गोल गरेको लगत्तै अर्को मिनेटमा विपिन कँडेलले खालीबारीका लागी बराबरी गोल फर्काएका थिए।

७२औं मिनेटम सुदीप केसीले खालीबारीका लागि निर्णायक विजयी गोल गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *