Sajhamanch Archive

शिवसताक्षीले उचाल्यो पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि

Published: (Updated: ) in खेलकुद, विविधा, स्थानीय तह by .

झापा । शिवसताक्षी नगरपालिका झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ ।

डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता दमक नगपालिकाका बनेको छ । उपाधि बिजेता शिवसताक्षी ले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेताले ३१ हजार पाएको छ ।

पहिलो हाफको दशौं मिनेटमा उमेश दाहालले एक गोल गरेर दमक नगरपालिकालाई १–० गोलअन्तरले पछि पारेको थियो । १–० गोलअन्तरले अगाडि बढेको शिवसताक्षी नगरपालिकाले दोस्रो हाफको ४० औं मिनेटमा कञ्चन मल्लीकले १ गोल गरेर नतिजा दोब्बर बनाए । जीतका लागी मल्लीकले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५ औं मिनेटमा दमक का विकि केशरीले १ गोल फर्काएका थिए ।

बिर्तामोड नगपालिकाको आयोजनामा गएको फागुन २२ देखि जारी अन्तर पालिका स्तरिय कर्मचारी नकआउट फुटबल प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *