Sajhamanch Archive

माधव नेपाल ओलीसँग एक्लै भेट्न मानेनन्

Published: in राजनीति by .

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक्लाएक्लै भेटवार्ताका लागि गरेको आग्रह नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् ।

नेता नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका दोस्रो तहका नेताहरुसहितको छलफल धुम्वाराहीमा तय भएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि नेता नेपाल पक्षका नेताहरुको बैठक बानेश्वरमा बसेको थियो । बानेश्वरको एक होटलमा नेता नेपाल समूहका नेताहरुको छलफल भएको थियो । सोही छलफलपछि उनीहरु धुम्बाराही गएका हुन् ।

“प्रधानमन्त्रीले बालुवाटारमा एक्लै भेट्न चाहनुभएको थियो, तर नेपालले मान्नुभएन,” स्रोतले भन्यो, “त्यसपछि धुम्वाराहीमा छलफलको समय तय भएको हो ।”

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *