तामाङ समाजको एस एम एस धमाका युएईमा
Published:
by .युएई । नेपालीहरुको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मध्यपुर्वको मुलुक युएईमा श्रमरत तामाङ समुदायको साझा संस्था तामाङ समाज युएईले एसमएस सर्पोट माइ स्कुल धमाका कार्यक्रम गर्ने भएको छ ।
संस्थाले विगत वर्षहरु झै यस वर्ष पनि शिक्षाको लागि सहयोगार्थ एस एम एस (सपोर्ट माई स्कुल) धमाका कार्यक्रम–२०१८ सञ्चालन गर्ने भएको हो।
सामाजिक रुपमा पछि परेको तामाङ समुदाय पछि पर्नुका विभिन्न कारणहरु मध्ये शिक्षा मुख्य रहेको निष्कर्ष सहित भौगोलिक रुपले विकट क्षेत्रमा बसोवास गर्ने तामाङ समुदायको शिक्षामा पहुँच बढाउन तामाङ बाहुल्यता रहेका विद्यालयहरुमा सहयोग गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष महेश मोक्तानले बताए ।
सन् २००५ मा छल लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले आफ्नो स्थापनाकालदेखि नै तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्वद्र्धन र विकासका साथै भुकम्प, बाढीपिडित जस्ता दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।
सेप्टेम्बर १४ तारिखका दिन देरा दुबई स्थित कार्ल्टन टावर होटलमा दिनको २ बजेबाट सुरु हुने उक्त कार्यक्रमा नेपालबाट आउनुहुने चर्चित सेलो गायिका निर्मला घिसिङको विशेष प्रस्तुती रहने छ । साथै उक्त कार्यक्रममा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमबाट संकलन भएको रकम कुन विद्यालयमा सहयोग गर्ने भन्ने विषयमा भने तामाङ समाजको समिक्षा बैठकबाट निर्णय गरिने जनाएको छ । समाजले हाल सम्म अनुमानित ६ लाख भन्दा बढि रकम विभिन्न जिल्लामा रहेका फरक फरक विद्यालयहरुलाई सहयोग गरिसकेको समाजका महासचिव सनिल घिसिङले जानकारी दिए ।
सोही कार्यक्रममा तामाङ समाज युएईको ७औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिको घोषणा समेत गरिने आयोजकले जानकारी दिएको छ ।
Comments