Sajhamanch Archive

धुम्बाराही बैठकमा माधव नेपालले गरे कार्यदलको प्रस्ताव

Published: in राजनीति by .

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् ।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उनले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि सहमतिमा पुग्न नसकेको बताए । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले गएको फागुन २८ गते गरेको निर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने उनले बताएका थिए । “२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा लैजाऔँ । त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ । कार्यदल पनि बनाउन सकिन्छ,” छलफलमा राखेको विषयबारे उनले सञ्चारकर्मीलाई जानकारी दिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *