Sajhamanch Archive

इटहरीका मासु पसललाई व्यवस्थित गरिने

Published: (Updated: ) in विविधा, समाज by .

इटहरी । इटहरी उपमहानगरले उपभोक्ताको हीतलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ ।

उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको बताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस्थित गर्न निर्देशन दिदाँ पनि सुधार नभएपछि कार्यविधिनै वनाएर ब्यवस्थित गरिन लागेको उनको भनाई थियो । कार्यविधिका लागि सुझाव लिन मासु ब्यवसायीहरुसँग छलफल गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मासु ब्यवसायीहरुसँग छलफल गरिएको हो ।

छलफलमा ब्यवसायीले जनचेतनाको अभावले फ्रिजमा राखेको मासु उपभोक्ताले किन्न नमान्ने गरेको गुनासो गरे । वाहिर राखेको मासु भन्दा फ्रिजमा राखेको स्वस्थ्यकर हुने भएपनि उपभोक्ताले वाहिरै राखेको ताजा मासु खोज्ने गरेको ब्यवसायीले वताए । कस्तो मासु स्वस्थ्य र उचित हुन्छ भन्ने बिषयमा चेतना मूलक जानकारी लेखिएको फलेक्स १५ दिन भित्रमा इटहरीका सवै मासु पसलहरुमा उपमहानगरले राख्ने भएको छ ।
ब्यवसायीहरुले मापदण्ड पालना नगर्ने मासु पसलहरुलाई कडाई गर्न समेत माग गरेका छन । यसैगरि उनीहरुले ब्यवस्थित वधशालाको आवश्यकतामा जोड दिएका छन । मासुको दर रेट तोक्न समेत माग भएको छ । इटहरीमा मापदण्ड विपरित खुल्ला रुपमा मासु वेचविखन गर्न नपाउने गरि कार्यविधि वनाएर ब्यवस्थित गर्न लागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *