Sajhamanch Archive

सिम्रिक साकोसद्वारा बाख्रा तथा मौरीपालन सम्बन्धी तालिम सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लासम्म सेवा केन्द्र विस्तार गरेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालित तीन दिवसीय तालिम आज सम्पन्न गरिएको हो ।

तालिममा उन्नत जातका बोयर बाख्रापालन सम्बन्धी प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुलीले सहजीकरण गरेका थिए । यस्तै व्यवसायिक मौरीपालन सम्बन्धी सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका अध्यक्ष धनमाया थापा र व्यवस्थापक देवीमाया ओली दाहालले सहजीकरण गरेका थिए ।

तीन दिनको तालिम अवधिमा नै तालिममा सहभागीहरुलाई ती दुवै व्यवसायिक फर्म एवम् मौरी चरनस्थलको अवलोकन भ्रमण गराइएको थियो ।

कृषि व्यवसायमा संलग्न संस्थाका शेयर सदस्यहरुका लागि भएको तालिममा संस्थाको कार्यक्षेत्रका सबै सेवाकेन्द्रबाट छानिएर आएका तीन–तीन जना शेयर सदस्य गरी ६५ जनाभन्दा बढीको सहभागिता रहेको तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान बिष्टको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले शेयर सदस्यहरुलाई उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी सिपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्य राखिएको बताए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिकको लक्ष्य आफ्ना सबै सदस्यहरु व्यवसायी बनुन् भन्ने रहेकाले कृषि व्यवसायको माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने गरी व्यवसाय गर्न सहभागीहरुलाई आग्रह गरे ।

समापन कार्यक्रममा सहजकर्ताहरु पराजुली, थापा एवम् दाहाल र प्रशिक्षार्थीहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । तालिमका सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *