Sajhamanch Archive

पार्टी विभाजनको आरम्भ ओलीले गरेका हुन्; नेता पाण्डे

Published: in राजनीति by .

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहका नेता सुरेन्द्र पाण्डले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको आरम्भ गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदको विघटन गरेपछि एमालेको कमिटी बनाएको बताए । ओलीले २८ गते पुराना निर्णयहरुको अनुमोदन गरेको बताए । आज धुम्बाराहीको भेटमा २८ गतेका सबै निर्णयलाई शून्यमा पुर्‍याउन आग्रह गर्दा ओली तयार नभएको बताए ।

हिजो नेकपा छिन्नभिन्न गर्नुभो । अब एमाले छिन्नभिन्न गर्ने हो कि उनले आशंका व्यक्त गरे । पाण्डेले चैत ४ र ५ गते पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला गर्न लागिएको बताए । उनले भेला विधानसम्मत भएको पनि दाबी गरे ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *