Sajhamanch Archive

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाइते

Published: (Updated: ) in विविधा by .

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–७ करमडाँडामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार सिन्धुलीमाडी बजारबाट कमलामाई नगरपालीका–४ को बाँसकटेरीतर्फ गइरहेको डबल क्याप बोलेरो करमडाँडामा दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । दुर्घटनामा मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

दुर्घट्नामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले उद्धार गरी सिन्धुुली अस्पतालमा उपचारका लागि ल्याईएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा कमलामाई नगरपालिका ४ बाँसकटिका २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये एक दुई वर्षीय बालक पनि छन् ।
बोलेरोमा ११ जना यात्रु सवार थिए ।

घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *