Sajhamanch Archive

प्रधानमन्त्रीलाई प्रतिगमनको आरोप, चुनावमा जानुपर्नेमा ओलीको जोड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच भएको छ । राष्ट्रपति भण्डारीले आफ्नो बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा दलका नेताहरूलाई बोलाएर छलफल गर्ने र चियापानको कार्यक्रम राख्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको  जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो चुनावमा जानुपर्ने कुरालाई पटक–पटक जोड दिनुभएको थियो । तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलका नेताहरूले राष्ट्रपति भण्डारीकै सामुन्ने प्रधानमन्त्रीले प्रतिगमनको बाटो रोजेको र अदालतले त्यसलाई असफल बनाइदिएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले संविधान र लोकतन्त्र नमानेको दलका नेताहरूले आरोप लगाएका थिए । बैठकमा राष्ट्रपतिले आफू संविधान र लोकतन्त्रको संरक्षक भएकाले सरकारले गरेका सिफारिस पारित गर्नु आफ्नो कर्तव्य हुन आउने बताउनुभएको थियो ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *