कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना
Published:
by .सूचना प्रकाशन भएको मितिः २०७७।१२।०१
कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना
संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) सञ्चालन प्रयोजनका लागि भाडामा हल आवश्यक परेको हुँदा निम्न बुँदाहरु अन्तर्गत रही हल भाडामा दिन इच्छुक घर धनीहरुलाई यो सूचना प्रकाशन भएको सात दिनभित्र संस्थाको सम्बन्धित कार्यालयमा आफूले लिन चाहेको मासिक भाडा र शर्तहरुसहित शीलबन्दी गरिएको निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
- कोपसपको लागि आवश्यक पर्ने हल घरको भुइँ तल्लामा कम्तीमा १५०० वर्गफिट हुनुपर्नेछ ।
- अगाडिबाट प्रवेशका लागि कम्तीमा २० फिट मुख हुनुपर्नेछ ।
- हलको बीचमा पिल्लर बाहेक अन्य संरचना हटाएको हुनुपर्नेछ । भुइँमा टायल्स लगाएको हुनुपर्नेछ ।
- हलको कम्पाउण्ड पूर्णरुपमा इँटा जोडी टालिएको र कुनै झ्याल वा प्वालहरु नभएको हुनुपर्नेछ ।
- घरभाडा करार कम्तीमा १० वर्षका लागि हुनेछ । संस्था र घर धनीबीचको सहमतिमा सोभन्दा बढी समयका लागि घरभाडा करार गर्न सकिनेछ ।
- घर बनाउने गरी उपयुक्त स्थानमा जग्गा भए सो सम्बन्धमा पनि अध्ययन गर्न सकिनेछ ।
- पानी बत्तीको बिल संस्थाले भुक्तानी गर्ने, घरभाडा कर सम्बन्धित घरधनीले भुक्तानी गर्नेछ ।
- भाडामा घर आवश्यक परेका स्थानहरुः
१. काकरभिट्टाः बाहुनडाँगी रोड, पूर्वपश्चिम राजमार्गदेखि ४०० मिटर उत्तरसम्म
२. गौरादहः डिपु चौकबाट ३०० मिटर आसपासमा
३. केरखाः पूर्वपश्चिम राजमार्गबाट दक्षिण ४०० मिटर भित्र
४. दमकः फाल्गुनन्द चौक आसपास २०० मिटर भित्र
थप जानकारीका लागि सम्पर्कः
- प्रशासनिक प्रमुख नबिन भण्डारी ९८५२६८९४१७
- काकरभिट्टा मनिष कोइराला ९८५२६८९४५०
- गौरादह रबिन भट्टराई ९८५२६८९४३६
- केरखा झलनाथ पोखरेल ९८५२६८९४७८
- दमक राजकुमार दाहाल ९८५२६८९४३०
- एनएमसी सहकारी पसल (कोपसप) व्यवसाय उपसमिति
Comments