Sajhamanch Archive

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपालको एक लाख सहयोग

Published: in विविधा, समाज by .

बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्विका लागि सहारा नेपालले १ लाख रूपैयाँ सहयोग गरेको छ ।

बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको सहारा नेपालले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सहसचिव शुशिला संग्रौलासहितको टोलीलाई चेक हस्तान्तरण गरेको सञ्चार गृहका सचिव भूमिका सुब्बाले जानकारी दिइन् ।

सो अवसरमा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरी, उप निर्देशक लक्ष्मण खतिवडा, सहायक दिनेश निरौला लगायत सहाराका कर्मचारीको उपस्थिति रहेको थियो ।

सहारा नेपालमा आवद्ध कर्मचारीका बार्षिक रुपमा एकदिनको तलब बराबरको रकम संकलन गरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सहाराले सञ्चार गृहलाई सहयोग प्रदान गरेको संस्थाका प्रबन्ध निर्देहशक गिरीले बताए ।

नारी सञ्चार गृहका अध्यक्ष शिवाकोटीले सञ्चार गृहको अक्षयकोषको उद्देश्यबारे थप प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा लगभग २० लाख रुपैयाँ संकलन भइसकेको जानकारी गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *