Sajhamanch Archive

काठमाडौंको मार्की खेलाडीमा विकेश, प्रशिक्षकमा बालगोपाल

Published: in खेलकुद by .

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आफ्नो मार्की खेलाडीको रुपमा राष्ट्रिय फुटबल टिमका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ ।

बिहीबार काठमाडौंले विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । क्लबले मुख्य प्रशिक्षको रुपमा बालगोपाल महर्जनलाई अनुबन्ध गरेको छ ।

काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल स्पोटर््स म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग आउँदो वैशाख ११ देखि २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *