कमल गाउँपालिकामा बस्यो संसद वैठक
Published: (Updated: )
by .कमल । विहीबार अपरान्न पौने २ बजे कमल गाउँपालिका वडा नम्वर ५ स्थित कोभिड अस्पतालको सभाहलमा पुग्दा त्यहाँ राष्ट्रपतिले सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीलाई सफथ ग्रहण गराइदै थियो ।
यो दृश्य हेर्दा लाग्थ्योकी साँच्चिकै मन्त्रीमण्डल फेरवल भएछ र राष्ट्रपतिले नयाँ मन्त्री मण्डललाई सफथ ग्रहण गराउनु भएको भन्ने अनुभुति हुन्थ्यो ।
तर त्यो दृश्य देश हाक्ने मन्त्रीमण्डलको नभएर कमल गाउँपालिकाको आयोजना तथा कारितास नेपालको साझेदारीमा सञ्चालन भएको नमुना युवा सांसद वैठकको अभ्यास थियो ।चैत १ गते देखि ५ गते सम्म सञ्चालन भएको नमुना युवा संसद कार्यशालाको नमुना युवा संसद अभ्यास तथा समापन कार्यक्रममा युवा संसदले गरेको छोटो अभ्यास मात्र थियो ।
संसद बैठकको सुरुमा सभामुख (जेनीसा भण्डारी) ले अर्थमन्त्री (दिपेश संजेल) लाई बैठकमा बजेट प्रस्तुत गर्ने समय दिएकी थिइन् । त्यसपछि गृहमन्त्री (हेमराज वोहोरा) लाई सुरक्षा नीति प्रस्तुत गर्न समय उपलब्ध गराइएको थियो । मन्त्रीहरुले आफ्नो प्रस्तुती गर्दा साच्चिकै बैठक सन्चालन भएको अनुभुती हुन्थ्यो ।
त्यस लगत्तै सभामुखले शिक्षा युवा तथा खेलकुद मन्त्रीलाई (सिसन राई) शिक्षा नीति प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए । बैठकमा महिला तथा बालबालिका मन्त्री (सरस्वता गौतमले आफ्नो मन्त्रालयको तर्फबाट शिक्षा निती प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्री (युना बस्नेत)ले आफ्नो मन्त्रालयको तर्फबाट शिक्षा तथा सामाजिक सुरक्षा निती प्रस्तुत गरेकी थिइन् । मन्त्रीहरुले आफ्नो मन्त्रालयका तर्फबाट बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि संसदलाई तर्कयुक्त प्रश्न, राय, सुझाव राख्नकालागी सभामुखले संसदलाई ३ मिनेटको समय दिएकी थिइन् । समय दिना साथ प्रतिपक्षका संसदले सरकारबाट प्रस्तुत गरिएका बजेट नीति तथा कार्यक्रममा सुझाव दिएका थिए । र अन्तिमा प्रतिपक्षदलका नेता (आदर्श सिग्देल)ले सरकारद्वारा प्रस्तुत गरिएको कार्यक्रम माथी सुझाव सहित आफ्नो भनाई राखे । अन्तिमा प्रधानमन्त्री (दिवश न्यौपाने) ले सरकारका तर्फबाट प्रस्तुत गरिएका बजेट नीति तथा कार्यक्रमको बारेमा आफ्नो भनाई राखेपछि बहुमतले सरकारद्वारा प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम पास भएको सभामुखले जानकारी गराइन् ।
संसद बैठक सकिना साथ औपचारीक कार्यक्रम सुरु भएको थियो औपचारिक कार्यक्रममा बोल्दै १ नम्वर प्रदेशका सांसद अर्जुन राईले भने “ तपाईहरुको प्रस्तुति अत्यन्तै सुन्दर छ । तपाईंहरुको मेहनतले नै आज यस्तो सुन्दर प्रस्तुती दिन सफल हुनु भएको हो ।” हाम्रो पालामा यस्तो थिएन सुरु देखि नै यस्तो संसदीय अभ्यास हुने हो भने अहिलेको यो अवस्था आउने थिएन । तपाईहरु नेता मात्र नभएर समाज परिवर्तनका लागी उदाहरण बन्न सक्नुहोस तपाईहरुलाई शुभकामना छ ।
राज्य सन्चालनको प्रक्रिया, व्यवस्थापकीय भुमिका कस्तो हुन्छ , त्यसलाई कसरी अगाडी बढाउन सकिन्छ राम्रा र नराम्रा पक्ष के हुन र ति कुरा बुझ्न सकेमात्र भोली राज्यलाई सम्वृद्धि बनाउन सकिन्छ र जनता खुशीहुने हुन्छन् । यसमा युवाहरुको भुमिका महत्वपुर्ण हुने भएकोले यो कार्यक्रम आयोजना गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए ।
यस्ता कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुग्छ । भोली कमल गाउँपालिका हाँक्ने जिम्मेवारी तपाईहरुको हो । कार्यक्रम हेर्दा लाग्थ्यो कि तपाईहरु साच्चिकै सरकारको नेतृत्व र सरकार चलाई राख्नु भएको छ । विभिन्न विषयमा जानकारी लिनुभएको छ र प्रतिपक्षले पनि आफुले निर्वाह गर्नुपर्ने भुमिका विषयगत रुपमा उठान गर्नु भएको छ । यो अच्यन्तै राम्रो भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । नमुना युवा सांसद वैठकको अभ्यासमा कमल गाउँपालिकाका सात वटै वडाबाट ३७ जना युवा सहभागी रहेका थिए ।
Comments