Sajhamanch Archive

नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सुरु

Published: in खेलकुद by .

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सोल्टी होटलमा सुरु भएको हो ।

अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ‘ए’ क्याटेगोरीमा मा २८ जना, ‘बी’ मा ६३ जना र ‘सी’ मा ५८ जना छन् । ‘ए’बाट ३ खेलाडी, ‘बी’बाट ४-६, ‘सी’ बाट ५-७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ ।

अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् । त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ।

क्याटेगोरी ‘ए’ को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बोली लाग्नेछ ।क्याटेगोरी ‘बी’ को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।

क्याटेगोरी ‘सी’ को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बोली लाग्नेछ । ‘ए’ क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए । लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *