Sajhamanch Archive

बहिस्कारका बिच वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम

Published: in अर्थतन्त्र, स्थानीय तह by .

बिर्तामोड । बहिस्कारका बिच बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष कुमार भट्टराईले विना निर्णय पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले कार्यक्रम बहिस्कार गरेका थिए ।

निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उधोग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकास घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले सहमति विना आयोजना गरिएको कार्यक्रम बहिस्कार गरेका छन् । बहुमत संख्या र प्रभावशाली सदस्यहरुले कार्यक्रम बहिस्कार गरेपछि न्यून सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

पद हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वदेशी उत्पादनमा जोड दिन व्यवसायीले पनि भूमिका खेल्नुपर्ने बताए । त्यस्तै, महासंघले अघि सारेको भिजन २०३० लाई सार्थक पार्न सबै व्यवसायी र उद्योगीहरुले सुझाव दिएर सफल बनाउन आग्रह गरे । त्यस्तै, बैंकको ब्याजदर घटाउन महासंघले पहल गरेको उनको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य उमेश डालमिया, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, एमाले झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापाका सभापति उद्धव थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *