Sajhamanch Archive

झापालीले मुक्ति चोकमा भेट्न बोलाए

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by .

बिर्तामोड । केटी फकाउन निकै सिपालु झापालीहरु यसपाली भने अल्मलिएँ जस्तो छ । केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’को जवाफ मात्र आउँछ ।

आफ्नै शब्द/संगीत रहेको गीतमा डा.सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीको एरेन्जमा अडियोलाई तयार पारिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला सुनुवारको मेकअप, दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन र अमृत चापागाईंको सम्पादन/रङ्गसंयोजन रहेको छ ।

डान्सिङ जेनरामा तयार पारिएको भिडियोलाई गौरव दर्पणले निर्देशन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *