Sajhamanch Archive

४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास निर्माण गर्ने

Published: in अर्थतन्त्र, स्थानीय तह by .

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिर्तामोडमा गत महिना ३७ विपन्न परिवारलाई आवास हस्तान्तरण भयो । त्यसको महिना दिन नबित्दै बिर्तामोड नगरपालिकाले थप घर निर्माणका लागि शिलान्यास गरेको छ ।

बिर्तामोड–८ मा २२ घर निर्माणका लागि नगरपालिकाले काम थालेको हो । शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख धु्रवकुमार शिवाकोटीले घर निर्माणका लागि शिलान्यास गरेका हुन् । अति विपन्न परिवारका लागि सो वडामा यसअघि पनि आवास निर्माण गरिएको थियो । २२ वटा आवास निर्माण सम्पन्न भएपछि ८ नम्बरमा सुरक्षित आवासको संख्या १ सय २० पुग्ने छ ।

सामान्य घरमा बस्दै आएका विपन्न परिवारलाई उनीहरुकै जमिनमा सुरक्षित घर निर्माण गरिदिने नगर प्रमुख शिवाकोटीले जानकारी दिए । यहि वर्षभित्र नगरपालिकाले २ विपन्न परिवारका लागि आवास निर्माण गर्ने उनको भनाई छ ।

चालु आर्थिक वर्षमा सबै वडाका २ सय विपन्न परिवारलाई घर हस्तान्तरण गरिने नगरप्रमुख शिवाकोटीको भनाई छ । उनले हालसम्म ३ सय ६ परिवारलाई आवास हस्तान्तरण गरिसकेको जानकारी दिए । केहि वडामा काम शुरु भइसकेको छ, केहिमा सम्झौता भई काम अघि बढाइएको छ, उनले भने ।

बिर्तामोड नगरपालिका, सहारा नेपाल, जनता आवास कार्यक्रम र तराई मधेश समृद्ध कार्यक्रमको लगानीमा थप २ सय आवास निर्माण हुने योजना शाखाका प्रमुख जय तिम्सिनाले जानकारी दिए । उनका अनुसार नगरपालिकाको १ करोड ४५ लाख लगानी हुनेछ । आवास निर्माण पुरा गर्न जम्मा ४ करोड लाग्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *