Sajhamanch Archive

झापाको दमकमा दुर्घटना एकको मृत्यु, चार घाइते

Published: in विविधा by .

दमक । झापाको दमकमा आज साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार दमक ४ स्थित चियाबगान सडकखण्डमा साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोईरालाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार कोईरालाको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

सोही मोटरसाईकलमा सवार रतुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गंभीर घाईते भएका छन् । उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ ।

त्यस्तै पूर्वबाट पश्चिम जाँदै गरेको अर्को को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक दमक ४ बस्ने ४९ वर्षिय प्रकाश तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *