Sajhamanch Archive

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा कोभिडपछि पहिलोपटक भाग लिँदै नेपाल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना महमामारी कोभिड १९ शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटेमा नेपालले सहभागिता जनाउने निश्चित भएको हो ।

मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित २५ ओटा कम्पनी सहभागी हुने छन् ।

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा। धनन्जय रेग्मीले बताए ।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलेको अवस्थामा कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको उनले बताए ।

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाउने योजना बोर्डको छ । पछिल्लो पटक सरकारले नेपाल(भारत यातायात सुचारु गर्ने निर्णय गरेकोछ । यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल(भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहको छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको रेग्मीले बताए । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *