Sajhamanch Archive

बिमस्टेकका पहुना राष्ट्रपति भण्डारीसँग शितलनिवासमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् ।
भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाको सम्मानमा सामूहिक दिवा भोज आयोजना गरेकी छन् ।
दिवाभोज लगत्तै सम्मेलन आयोजनास्थल सोल्टीमा उनीहरु प्रस्थान गर्ने छन्। तीन बजे सबै राष्ट्रका कार्यकारी प्रमुखले सम्बोधन गर्नेछन्।
साँझ साढे ६ बजेदेखि साढे ९ सम्म उनीहरुको सम्मानमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हयात होटलमा रात्री भोजको आयोजना गरेका छन्।
भोजमा नेपालस्थीत कुटनितिक नियोगका उच्च अधिकारीहरु, केहि परराष्ट्रविद तथा सरोकारवाला अधिकारीहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ।
– कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *