Sajhamanch Archive

नेकपा एमालेले पठायो स्पष्टीकरणपत्र

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहितका चारजनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

गएको शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार नेताहरुका स्वकीय सचिवमार्फत स्पष्टीकरणपत्र पठाएको हो । शनिबारको बैठकमा खनाल–नेपाल समूह अनुपस्थित थियो । पार्टी हितविपरीत काम गरेको र गुटबन्दी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *