Sajhamanch Archive

फेरि किन बढ्दैछ कोरोना संक्रमणको त्रास ? भारतमा थपिए एकैदिन ४४ हजार जना संक्रमित

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो केही महिनायता सामान्य बन्दै गएको कोरोना संक्रमणको त्रास पुनः बढ्न थालेको छ ।

छिमेकी देश भारतलगायत केही देशमा संक्रमणको दर पुनः बढ्न थालेपछि यसको त्रास बढ्न थालेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालका अधिकांश जिल्ला कोरोना संक्रमितमुक्त भइरहेको अवस्थामा पुनः देखिन थालेको छ ।

भारतमा कोरोना संक्रमणको दर बढेपछि नेपाल भित्रिने नेपालीबाट पुन संक्रमण तीव्र बन्नसक्ने अनुमानका आधारमा नेपाल सरकारले आइतबार सूचना नै जारी गरेर सभासम्मेलन, जुलुश र भीडभाडका गतिविधि नगर्न अपिल गरिसकेको छ । नेपालमा लकडाउन खुला भएसँगै अस्वाभाविक रुपमा भइरहेको भीडभाड, सभासम्मेलन र जुलुशका कारण कोरोनाको जोखिम बढाइरहेकै छ ।

यसैबीच भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन करिब ४४ हजार संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जना भाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा २२ हजार ९५६ जना भने संक्रमणमुक्त भएका जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ९९ हजार १३० पुगेको छ ।

भाइरसका कारण आइतबार साँझसम्म भारतमा १ लाख ५९ हजार ७५५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यो ९७ दिनयता भाइरसका कारण एकैदिन मृत्यु हुनेको उच्च संख्या समेत हो ।

भारतमा हालसम्म ४ करोड ४६ लाख ३ हजार ८४१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *