Sajhamanch Archive

बिर्ता आयुर्वेदको पहिलो वार्षिकोत्सवमा निशुल्क शिविर शुरु

Published: in स्वास्थ्य by .

बिर्तामोड । यहाँस्थित बिर्ता आयुर्वेद तथा फिजियोथेरापी सेन्टर स्थापनाको पहिलो वर्ष पुगेको अवसरमा आज बिहीबार र भोलिका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सेन्टरका प्रबन्ध निर्देशक नर्वदा भट्टराईले दिएको जानकारी अनुसार शिविरको पहिलो दिन आज विभिन्न रोग र समस्या भएका ८५ जना बिरामीले निशुल्क सेवा पाएका छन् ।

शिविरमा सेन्टरका थेरापी चिकित्सकहरु भगवान साहा र निलकण्ठ उपाध्यायले सेवा प्रदान गरेको जनाइएको छ । सेन्टरमा पञ्चकर्म, अकुपञ्चर, क्षारशुत्र विधिबाट उपचार गरिँदै आएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *